एलोन मस्कले बेचे ७ अर्ब डलरको टेस्लाको सेयर

0
Shares


विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका मुख्य कार्यकारी अधिकारी एलोन मस्कले ६.९ अर्ब अमेरिकी डलर बराबरको सेयर बिक्री गरेका छन् । उनले ७.९२ मिलियन कित्ता सेयर बिक्री गरेका हुन् ।

ट्वीटर किन्नुपर्ने अवस्था आउन सक्ने भन्दै उनले उक्त सेयर बिक्री गरेका हुन् । मस्कले गत हप्ता बसेको लगानीकर्ताहरुको वार्षिक बैठकपछि सेयर बिक्री गरेको बताइएको छ । सेयर बिक्रीका क्रममा मस्कले आफूलाई रकम चाहिएको बीबीसीले उल्लेख गरेको छ । उनले सामाजिक सञ्जाल ट्विटर किन्ने अवस्था आउन सक्ने बिषयलाई ध्यानमा राख्दै सेयर बेचेको बताएका छन् ।

मस्कले जुलाईमा ४४ बिलियन डलरमा ट्विटर किन्न किन्ने घोषणा गरेका थिए । पछि उनले अप्रिल २५ मा उक्त सम्झौता तोडेका थिए । सोसल मिडिया प्लेटफर्ममा स्प्याम खाताहरूको संख्याको बारेमा भ्रमित गरिएको थियो भन्ने मस्को दाबी छ ।

तर उता ट्वीटरले मस्कलाई लेनदेन पूरा गर्न बाध्य पार्न मुद्दा दायर गरेको छ । दुबै पक्षले अक्टोबर १७ मा मुद्दाको सुनुवाइ गर्नेछन्।

सोही कारण मस्क यतिबेला ट्वीटर खरिद प्रक्रियाको कानूनी चरणमा छन् । रकम जोहो गर्न उनले ५,८ र ९ अगस्टमा उक्त सेयर बिक्री गरेको अमेरिकी सेक्युरिटी एण्ड एक्सचेञ्ज कमिसनले जनाएको छ ।

मस्कले ट्वीटरले सम्झौता गर्न बाध्य पार्छ भने एकैपटक टेस्लाको सेयर बेच्नभन्दा अहिले नै रकम जोहो गर्नु उपयुक्त हुने बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २५ साउन २०७९, बुधबार  १२ : ०८ बजे