सुनको भाउ तोलामा ५०० रुपैयाँले सस्तियो, ९६ हजार ६०० मा खरिद बिक्री हुँदै

0
Shares

नेपाली बजारमा बिहाबार सुनको भाउ घटेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले तथा चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बिहीबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९६ हजार ६०० रुपैयाँ र तेजावी सुनको भाउ ९६ हजार १०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदी १ हजार २२५ रुपैयाँ तोलामा कारोबार भैरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि नेपालको स्थानीय बजारमा पनि सोही अनुसार भाउ घटेर कारोबार भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७८५ डलर तथा चाँदी प्रतिऔंस २०.४६ डलर हाराहारीमा कारोबार भैरहेका छ ।

हिजो बुधबार २०० रुपैयाँले बढेर छापावाल सुनको भाउ प्रतितोला ९७ हजार १०० रुपैयाँ र तेजावी सुनको भाउ ९६ हजार ६०० रुपैयाँ तथा चाँदी १० रुपैयाँले घटेर १ हजार २३० रुपैयाँ तोलामा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: २६ साउन २०७९, बिहीबार  १० : ४० बजे