जनकपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८र७९ मा लक्ष्यको ५४ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको छ ।
सो कार्यालयले आव २०७८।७९ मा ४८ करोड ५५ लाख ९२ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य लिएकामा ५४ दशमलव ३० प्रतिशत अर्थात २६ करोड ३६ लाख ७९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
जनकपुर भन्सार कार्यालयका प्रमुख प्रमोद दासका अनुसार आव २०७८।७९ मा भन्सार महसुलतर्फ १६ करोड १७ लाख ७७ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ ९ करोड ७४ लाख ५९ हजार रुपैयाँ, अन्तःशुल्कतर्फ ३७ लाख २७ हजार रुपैयाँ र बोलपत्र आयाततर्फ ७ लाख १५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
आव २०७७।७८ मा लक्ष्यको ८८ दशमलव ३३ प्रतिशत राजस्व सङ्कलन भएको थियो । आव २०७७।७८ मा ५३ करोड ५१ हजार ५७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ४४ करोड ५९ लाख ७१ हजार रुपैयाँ सङ्कलन भएको थियो ।
भन्सार कार्यालयका अनुसार आव २०७७।७८ मा भन्सार महसुलतर्फ २१ करोड ७७ लाख ८२ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ २२ करोड ३३ लाख ८ हजार रुपैयाँ, अन्तःशुल्कतर्फ ३० लाख ६२ हजार रुपैयाँ र सडक निकासी दस्तुरतर्फ १८ लाख १८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
थुप्रै सामान आयातमा लगाएको प्रतिबन्ध, बैंकिङ माध्यमबाट कारोबार गर्नुपर्ने व्यवस्था, बाटोको समस्या, कोरोना महामारी, खुल्ला सिमाना, स्थानीय तहको निर्वाचनलगायतका कारणले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकिएको कार्यालय प्रमुख दासले बताए ।
जिल्लामा मुख्य भन्सार कार्यालय एक र ६ वटा छोटी भन्सार कार्यालय छन् । जटही, इनर्वा र अररियास्थित छोटी भन्सार मात्र सञ्चालनमा छन् । खजुरी, महुवा र महिनाथपुरस्थित छोटी भन्सार कार्यालय हाल बन्द रहेको कार्यालयले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया