नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेको छ भने चादीँको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७०० रुपैयाँले बढ्दा चाँदीको भाउ भने स्थीर नै रहेको हो ।
महासंघका अनुसार शुक्रबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ३०० रुपैयाँ र तेजावी सुनको भाउ ९६ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदी १ हजार २२५ रुपैयाँ तोलामा कारोबार भैरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपालको स्थानीय बजारमा पनि सोही अनुसार भाउ बढेर कारोबार भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७९३ डलर तथा चाँदी प्रतिऔंस २०.४४ डलर हाराहारीमा कारोबार भैरहेका छ ।
हिजो बिहीबार नेपालको स्थानीय बजारमा छापावाल सुनको भाउ प्रतितोला ९६ हजार ६०० रुपैयाँ र तेजावी सुन ९६ हजार १०० रुपैयाँ र चाँदी १ हजार २२५ रुपैयाँ तोलामा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया