इमर्जिङ्ग नेपाल लिमिटेडले पुर्वाधार विकास र लगानी व्यवस्थापनको क्षेत्रमा काम गर्दै जाने बताएका छन् ।
कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश बेल्वासेले इमर्जिङ्ग नेपालले बिहीबार आयोजना गरेको एकदिने ‘प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापिटल वर्कसप’ कार्यक्रममा कम्पनीले आगामी दिनमा विभिन्न विकासका पुर्वाधारहरुमा लगानी गर्दै जाने बताए ।
उनले कम्पनीको लगानी व्यवस्थापनका सम्बन्धमा तालिम प्रदानलाई निरन्तरता दिने तथा व्यवसायीलाई कन्सल्टीङ्ग सर्भिस गर्ने योजना समेत कम्पनीको रहेको जानकारी दिए ।
कम्पनीले आफ्नो ७ औं वार्षिक उत्वसवको अवसरमा काठमाण्डौंको आकामा होटलमा बिहिबार एक दिने ‘प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापिटल वर्कसप’ आयोजना गरेको हो । उक्त संस्थाले केयर रेटिङ नेपाल, होटल एलीस, विफिन, निफ्रा, खिम्ती–२ हाईड्रोपावर लगायत विभिन्न पुर्वाधार विकासमा लगानी गरेको छ ।
कार्यक्रमको अध्यक्षता इर्मजिङ्ग नेपालका सञ्चालक समितिका अध्यक्ष लालमनी जोशीले गरेको थिए भने प्रमुख अथितिमा उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले गरेका थिए ।
कार्यक्रममा बैंक तथा वित्तिय संस्था, क्यापिटल मार्केट र प्राइभेट फर्महरु लगायतको सहभागिता रहेको थियो ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया