स्वावलम्बन लघुवित्तको नाफामा राइट ब्याकको टेवा, गत आवमा ७० करोड आर्जन

0
Shares

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ७० करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आव २०७७।७८ मा ६१ करोड ९४ लाख ८२ हजार खुद नाफा आर्जन गरेको लघुवित्तले गत आवमा १४ करोड ७२ लाख रुपैयाँ खराब कर्जा असुली (राइटब्याक) गरेपछि कम्पनीको नाफा १३.०९ प्रतिशतले सुधारिएको हो ।

सार्वजनिक विवरण अनुसार लघुवित्तको चुक्ता पुँजी १९ प्रतिशत बढेर १ अर्ब १२ करोड २१ लाख ७० हजार पुगेको छ भने जगेडा कोषमा २ अर्ब २५ करोड ४० लाख ७० हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा जगेडा कोषको आकार १ अर्ब ७४ करोड ८८ लाख रहेको थियो ।

असार मसान्तसम्ममा लघुवित्तले ११ अर्ब ९९ करोड ५ लाख निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब ४४ करोड ४२ लाख रुपैयाँ सापटी लिएर १९ अर्ब २१ करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले १ अर्ब ६६ करोड ७५ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी तथा ९६ करोड ४८ करोड २१ लाख सञ्चालन नाफा आर्जन गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको निक्षेप संकलन १२.८७ प्रतिशत, सापटी १८.०५ प्रतिशत, कर्जा लगानी १०.८६ प्रतिशत, खुद ब्याज आम्दानी १४.९० प्रतिशत, सञ्चालन मुनाफा १४.६१ प्रतिशत, जगेडा कोष २८.८९ प्रतिशत बढेको छ ।

लघुवित्तको पुँजीभन्दा नाफा वृद्धि कम हुँदा प्रतिसेयर आम्दानी भने घटेर ६२.४३ रुपैयाँमा झरेको छ । अघिल्लो आवमा लघुवित्तको इपिएस ६५.६९ रुपैयाँ थियो । सो अवधिसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ ३००.८७ रुपैयाँ, कष्ट अफ फण्ड ७.५९ प्रतिशत र मूल्य आम्दानी अनुपात १८.७२ गुणा छ ।

गत आवको अन्त्यमा लघुवित्तको खराब कर्जा अनुपात २.९० प्रतिशतमा घटेको छ । अघिल्लो आवको तुलनामा लघुवित्तको खराब कर्जा घटेपनि सम्भावित कर्जा नोक्सानी केही बढेर ३३ करोड १८ लाख व्यवस्था गरेको छ । यस अवधिमा लघुवित्तले १४ करोड ७२ लाख खराब कर्जा उठाएपछि नाफा सुधारिएको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २७ साउन २०७९, शुक्रबार  १६ : ५३ बजे