माउन्टेन हाइड्रो नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो माससम्ममा १४ करोड ४७ लाख ५२ हजार रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा १ करोड ८६ लाख १२ हजार रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको नाफा ६७७.७३ प्रतिशतले बढेको हो ।
गत आवमा कम्पनीले विद्युत् बिक्रीबाट ६० करोड ८१ लाख ८३ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । अघिल्लो आवको यसै अवधिमा ५३ करोड २५ लाख ४५ हजार रुपैयाँ थियो । विद्युत् बिक्रीबाट हुने आम्दानीमा उच्च वृद्धि भएसँगै कम्पनीको नाफा पनि सोही अनुसार बढेको हो ।
चुक्ता पुँजी १ अर्ब २५ करोड रहेको कम्पनीको जगेडा कोषमा असार मसान्तसम्म आइपुग्दा ४२ लाख २८ हजार रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी ११.५८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १००.३४ रुपैयाँ, मूल्य आम्दानी अनुपात २३.४९ गुणा छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया