सञ्चालन नोक्सानीमा रहेको मानुषी लघुवित्तको खुद नाफा गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमाससम्ममा शतप्रतिशतले वृद्धि भएको छ ।
खराब कर्जा वापत उच्च रकम व्यवस्थापन गरेकाे कम्पनी सञ्चालन नाेक्सानीमा पुगेकाे भएपनि खराब कर्जा असुली पनि साेही अनुपात गरेपछि लघुवित्त कम्पनी सञ्चालन घाटाका वावजुत शतप्रतिशत नाफा बढाउन सफल भएकाे हाे ।
कम्पनीले गत आवमा २ करोड ४० लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा १ करोड १९ लाख ४ हजार रुपैयाँ नाफा कमाएको लघुवित्तको खुद नाफा समीक्षा अवधिमा १०१.९२ प्रतिशत बढेको हो ।
सार्वजनिक वितीय विवरण अनुसार चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ र जगेडा कोषमा ६ करोड ४९ लाख ९८ हजार रुपैयाँ सञ्चित छ । ५६.२५ प्रतिशतले पुँजी वृद्धि भएको लघुवित्तको जगेडा कोष ९०.३१ प्रतिशत बढेको छ ।
समीक्षा अवधिसम्म संस्थाले निक्षेप संकलन र कर्जा लगानी दुवैमा सुधार गरेको छ । निक्षेप संकलन २० प्रतिशत बढेर ७७ करोड ६७ लाख संकलन गर्दा सापटी ५८ प्रतिशत बढेर ६० करोड २९ लाख पुगेको छ । यस्तै कर्जा लगानी ५३ प्रतिशत वृद्धि भई १ अर्ब ५५ करोड ५४ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।
मानुषीको खराब कर्जा अनुपात ३.२० प्रतिशत, प्रतिसेयर आम्दानी २१.९८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ भने १५९.४३ रुपैयाँ र कस्ट अफ फण्ड १०.१० प्रतिशत रहेको छ ।
असार मसान्तसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी २४ प्रतिशत बढेर ९ करोड ४१ लख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । सम्भावित कर्जा नोक्सनी वापत लघुवित्तले १४ करोड व्यवस्था गरेपछि कम्पनीको सञ्चालन नाफा ९ करोड ७३ लाख ३० हजार ऋणात्मक हुन पुगेको छ । लघुवित्तले १३ करोड ४६ लाख रुपैयाँ राइट ब्याक अर्थात खराब कर्जा असुली गरेपछि नाफा वृद्धिमा टेवा पुगेको हो ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया