साउनको चौथौ साता नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा विभिन्न ५ कम्पनीका कुल ८ करोड १९ लाख ८४ हजार ४९९ दशमलव ९७ कित्ता धितोपत्र सूचीकृत भएका छन् ।
यो साता नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) को चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ३ करोड कित्ता बोनस तथा हिमालयन बैंकको चुक्ता पुँजीको २१.३८ प्रतिशतले हुन आउने २ कित्ता कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
यसैगरी यहि साता हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको सफल मर्जरपछि कायम हुन आएको २ करोड २३ लाख ९९ हजार ३६७ कित्ता सेयर सूचीकृत भयो । मर्जरपश्चात एकीकृत संस्था हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाममा उक्त सेयर सूचीकृत भई कारोबारमा आएको हो । यी दुई कम्पनीले साउन १ गतेदेखि एकीकृत कारोबार थालेका थिए ।
यस्तै यहि साता अपर हेवाखोला हाइड्रोपावरको आईपीओ सहित कुल ५० लाख कित्ता सेयर सूचीकृत भएको छ । यस्तै प्राइम कमर्सियल बैंकले जारी गरेको १७ लाख ४१ हजार ८८४ इकाई ऋणपत्र पनि सूचीकृत भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया