सेयर बजार सूचक यो साता ७५.६३ अंक अर्थात ३.५८ प्रतिशतले घट्यो । बजार पुँजीकरण ३.४९ प्रतिशत घट्दा लगानीकर्ताले सेयर बजारबाट १ खर्ब ५ अर्ब ४० करोड रुपैयाँ गुमाए । तर यसबीचमा पनि यो साता केही कम्पनीका सेयरधनी भने मालामाल भए ।
यसरी घट्दो बजारमा पनि नाफा आर्जन गर्ने कम्पनी गुराँस लघुवित्त हो । यस लघुवित्तको सेयरमा लगानी गरेकाले यो साताको बजारबाट १४.५२ प्रतिशत अर्थात प्रतिसेयर १४६.६० रुपैयाँसम्म कमाएका हुन् ।
यसैगरी दोस्रो ठूलो नाफा आर्जन गर्ने उपकार लघुवित्तका सेयरधनीले १०.१५ प्रतिशतले कमाएका छन् । लघुवित्तको सेयरमूल्य ३४४९ बाट प्रतिसेयर ३५० रुपैयाँ बढेर ३७९९ रुपैयाँ पुगेको हो ।
यो साता जाल्पा लघुवित्तको सेयरमूल्य ६.९६ प्रतिशतले बढेर ३०८८ रुपैयाँ, युनिलिभर नेपाल लिमिटेडको ५.०३ प्रतिशत अर्थात प्रतिसेयर ९०५ रुपैयाँ बढेर १८ हजार ९०५ रुपैयाँ पुगेको छ । यस्तै एनआईसी एशिया सेलेक्ट फण्डको इकाईमूल्य पनि ४.८४ प्रतिशत बढेर ८.६६ रुपैयाँ पुगेको छ ।
कसले सर्वाधिक गुमायाे ?
यस साता सामलिङ्ग पावर कम्पनीको सेयर लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य सर्वाधिक १४.२० प्रतिशत अर्थात ८६.९० रुपैयाँ घटेर ५२५.१० रुपैयाँमा झरेको हो । गत साता कम्पनीको सेयरमूल्य ६१२ रुपैयाँ रहेको थियो ।
यस्तै ३ करोड बढी नोक्सानीकमा पुगेपछि घलेम्दी हाइड्रोपावरको सेयरमूल्य पनि १२.६५ प्रतिशत अर्थात ३२.५० रुपैयाँ घटेर २२४.५० रुपैयाँमा झरेको छ । समृद्धि फाइनान्सको मूल्य १२.१९ प्रतिशत अर्थात ३९.३० रुपैयाँ घटेर २८३.२० रुपैयाँमा झरेको छ । गत साता कम्पनीको सेयरमूल्य ३२२.५० रुपैयाँ रहेको थियो ।
यसैगरी यो साता जोशी हाइड्रोपावरका लगानीकर्ताले पनि १०.७७ प्रतिशतका दरले गुमाएका छन् । कम्पनीको सेयरमूल्य २६० बाट २८ रुपैयाँ घटेर २३२ रुपैयाँमा झरेको हो ।
लक्ष्मी लघुवित्तका सेयरमूल्य पनि घटेर १ हजार २५५ रुपैयाँमा झरेको छ । गत साता १ हजार ४०० रुपैयाँ रहेको लघुवित्तका सेयरधनीले यो साता मात्रै प्रतिसेयर १४५ रुपैयाँ अर्थात १०.३६ प्रतिशतका दरले गुमाएका हुन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया