सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले १२ करोड रुपैयाँ प्रतिफल वितरण गर्ने

0
Shares

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले आर्थिक वर्ष २०७८।७९ बाट इकाईधनीलाई १२ करोड रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडको मिति २०७९ साउन २५ गते अपरान्ह ३ः१५ बजे बसेको सञ्चालक समितिको बैठकले फण्डको आकार एक अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

योजनाको लेखापरिक्षण कार्य सम्पन्न भए लगत्तै आर्थिक वर्ष २०७८।०७९ का लागि सिद्धार्थ इक्विटी फण्डका इकाईधनीहरुलाई कर सहित १० प्रतिशतका दरले हुन आउने १२ करोड रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय भएको कामु प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले जानकारी दिए ।

अघिल्लो आव २०७७।७८ बाट भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले इकाईधनीहरुलाई कर सहित ३० प्रतिशतका दरले कर सहित ३६ करोड रुपैयाँ प्रतिफल वितरण गरेको थियो । गत आवमा २० प्रतिशतले लाभांश घटेको हो ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालनमा रहेको छ ।

प्रतिफल वितरणका लागि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले भदौ ७ गते बुकक्लोज मिति तोकेको छ । यसअनुसार भदौ ६ गते सोमबारसम्म नेप्सेमा इकाई खरिद गर्ने लगानीकर्ताले मात्र लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ साउन २०७९, आइतबार  १२ : ४१ बजे