साउनको पाँचौं साताको पहिलो कारोबार दिन पनि नेप्सेमा आरालो यात्रा जारी नै रहेको छ । अघिल्लो आइतबार १०.२७ अंकले बढेको नेप्से त्यसपछिका चार कारोबार दिनमा ८६ अंकले घटेको थियो । आइतबार नेप्से थप २७.९२ अकंले घटेको हो । यससँगै पछिल्लो पाँच दिनमा नेप्से ११४ अंकले घटेको छ ।
नेप्से आज २७.९२ अकंले घटेसँगै सूचक २०१०.०१ बिन्दुमा बन्द भएको छ भने ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स ४.७६ अंकले घटेर ३८६.९० बिन्दुमा झरेको छ ।
नेपाल स्टक एक्सचेञ्जमा आज २२७ कम्पनीका ४५ लाख ५९ हजार २२ कित्ता सेयर ३८ हजार ४१८ पटक किनबेच हुँदा कारोबार रकम १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँमा समेटिएको छ ।
सेयर बजारमा बजार पुँजीकरण घटेर २८ खर्ब ७० अर्ब ५५ करोड ९१ लाखमा झरेको छ । आइतबार मात्रै बजार पुँजीकरण ३९ अर्ब १५ करोड ३० लाख रुपैयाँ घटेको हो ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ आठ दशमलब ८७, व्यापार ४७ दशमलब ६९, होटल तथा पर्यटन २१ दशमलब १७, विकास बैंक ४७ दशमलब ४७, जलविद्युत् ४५ दशमलब २१, वित्त ४५ दशमलब एक, निर्जीवन बीमा ५२ दशमलब ८५, उत्पादन १९० दशमलब ७३, अन्य १६ दशमलब ५९, लघुवित्त ५० दशमलब पाँच, जीवन बीमा २३३ दशमलब ६८, सामूहिक लगानी कोष शून्य दशमलब १२ र लगानी एक दशमलब ८५ अङ्कले ओरालो लागेको छ ।
गत साता ओरालो लागेर बन्द भएको सेयर बजार यो साता बढ्ने लगानीकर्ताकाे अनुमान थियाे । तर साताको सुरुवात मै घट्दाे बजारकाे क्रमले निरन्तरता पाएको छ । बजारमा देखिएकाे निरन्तरकाे पहिरोका कारण लगानीकर्तामा अब सेयर बजारको यात्रा कता तिर जान्छ अन्यौलता छाएकाे छ ।
घट्दो बजारमा हिमालयन डिष्टिलरीको सेयरमूल्य घटेर सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज १६ करोड ५३ लाख ९६ हजार रुपैयाँको कारोबार भएको हो । कम्पनीको सेयरमूल्य ६.१० प्रतिशत अर्थात २२९ रुपैयाँ घटेर ३५२६ रुपैयाँमा झरेको छ ।
यसैगरी नेपाल लाइफको पनि ४१ रुपैयाँ घटेर ११ करोड २९ लाखको सेयर कारोबार हुँदा शिवम् सिमेन्टस् ८ करोड २० लाख, स्वावलम्बन लघुवित्त ६ करोड ६१ लाख, नबिल बैंक ४ करोड ४४ लाख, एनआईसी एशिया लघुवित्तको संस्थापक ४ करोड ४३ लाख, नेष्डो समृद्ध माइक्रोफाइनान्स ३ करोड ३७ लाख, एनआईसी एशिया बैंक ३ करोड २९ लाख, एचआइडिसीएल ३ करोड २५ लाख र नागरिक लगानी कोषको ३ करोड १५ लाख रुपैयाँको सेयर कारोबारमा आएको छ ।
आजको बजारमा भर्खरै दोस्रो बजारमा कारोबार खुलेको अपर हेवाखोला कम्पनीको सेयरमूल्य ८.१० प्रतिशत बढेर १५४.८० रुपैयाँ पुगेको छ । यस्तै कालिका पावर, सामलिङ्ग पावर, सिटिजन्स म्युचुअल फण्ड १, राष्ट्रिय बीमा कम्पनीको संस्थापक र जाल्पा लघुवित्तको सेयरमूल्य २ प्रतिशतभन्दा बढीले बढेको छ ।
आइतबार गुराँस लघुवित्तको सेयरधनीले सर्वाधिक ७.०९ प्रतिशतले गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८२ रुपैयाँ घटेर १०७४ मा झरेको छ । हिमालयन डिष्टिलरी ६.१० प्रतिशत, इमर्जिङ्ग नेपाल लिमिटेड ५.८३ प्रतिशत, नेपाल लाइफ ५.७५, मल्टिपर्प फाइनान्स ५.३७, हिमालयन हाइड्रोपावर ५.२८ प्रतिशत, दिब्यश्वरी हाइड्रोपावर ५.०५ र एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.०३ प्रतिशतले घटेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया