शिवम् सिमेन्ट्स लिमिटेडको ब्यापार घटेपछि गत आर्थिक वर्षमा ५१.२० प्रतिशतले खुद नाफा घटेको छ ।
अघिल्लो आवमा १ अर्ब ४१ करोड २६ लाख ६६ हजार नाफा कमाएको यस कम्पनीले गत आव २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ६८ करोड ९३ लाख ९७ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ ।
उसो त कम्पनीको सिमेन्टसको बिक्री आय प िनगत आवमा १०.६० प्रतिशतले घटेर ९ अर्ब २६ करोड ३ लाखमा खुम्चिएको छ ।
अघिल्लो आवमा कम्पनीले ९ अर्ब ६१ करोड ५४ लाख बराबरको ब्यापार गरेको थियो । आम्दानी घटेर खर्च बढ्दा कम्पनीको नाफा उच्च घटेको हो ।
नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि समीक्षा अवधिमा १६.४४ रुपैयाँ घटेर १५.६७ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०९.८२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४८.५० गुणा छ ।
असार मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड छ भने जगेडा कोष पनि १०.६० प्रतिशत घटेको छ । समीक्षा अवधिमा कम्पनीके जगेडा कोषमा ४ अर्ब ८३ करोड १९ लाख सञ्चित छ । अघिल्लो आवमा यस्तो रकम ५ अर्ब ४० करोड ४८ लाख रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३.६९ प्रतिशत र कुल सञ्चालन आम्दानी २.१७ प्रतिशत घटेकोछ । उता कम्पनीको अन्य आम्दानी ३२१.५२ प्रतिशत र कुल खर्च भने ८.४४ प्रतिशत बढेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया