अभियान लघुवित्तको आईपीओ नतिजा चार स्थानबाट हेर्न सकिने

0
Shares

अभियान लघुवित्त वित्तीय संस्थाको आईपीओ साउन ३० गते सोमबार भएको बाँडफाँड भएको छ । 

बाँडफाँडमा ९१ हजार ३७५ जनाले गोलाप्रथा माध्यमबाट १० कित्ता सेयर हात पारेका छन् ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार उक्त आईपीओको रिजल्ट चार स्थानबाट हेर्न सकिन्छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) ले आईपीओ नतिजा हेर्नका लागि नै विकास गरेको वेवसाइट, सिडिएससीको मेरो सेयरको एप्लिकेसन रिर्पोट, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेवसाइट, सेयर निष्कासनकर्ता कम्पनी अभियान लघुवित्तको वेवसाइटबाट पनि हेर्न सकिनेछ ।

१. सिडिएससीले आईपीओ नतिजा हेर्नका लागि नै विकास गरेको वेवसाइट

२. मेरो सेयरको एप्लिकेसन रिर्पोट

३. बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेवसाइट

४. सेयर निष्कासनकर्ता कम्पनी अभियान लघुवित्तको वेवसाइटबाट

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा साउन ३० गते सोमबार भएको बाँडफाँडमा ९१ हजार ३७५ जनाले गोलाप्रथा माध्यमबाट १० कित्ता सेयर हात पारेका छन् । उच्च मागका कारण एक सय आवेदकमा ९५ जना बढीले सेयर पाउन नसकेका हुन् ।

कम्पनीको सेयर खरिदका लागि कुल १९ लाख ८० हजार ९७० जनाले सर्वसाधारणबाट माग सेयरको २३.९८ गुणा बढी २ करोड १९ लाख १२ हजार ६७० कित्ता खरिदको माग गर्दै आवेदन दिएका थिए । यो संख्याको आधारमा सेयर पाउने प्रतिशत ४.६१ प्रतिशत मात्र हुन आउँछ । बाँकी ९५.३९ प्रतिशत आवेदक अर्थात १८ लाख ८९ हजार ६०१ जनाले सेयर नपाएका हुन् ।  कम्पनीको सेयर खरिदका लागि उच्च आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको थियो ।

अभियान लघुवित्तको आईपीओ पाँच प्रतिशतले पनि पाएनन्

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आईपीओ आवेदन दिएकामध्ये २ हजार ३७६ वटा आवेदनबाट परेको २५ हजार ५७० कित्ता सेयरको माग रद्द भएको छ । १९ लाख ७८ हजार ५९४ वटा आवेदन रितपुर्वक पाइएकाले सो आवेदनबाट परेको २ करोड १८ लाख ८७ हजार १०० कित्ताको माग स्वीकृत गरी बाँडफाँडमा सहभागि गराइएको हो ।

लघुवित्तले साउन १८ गतेदेखि २२ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका ९ लाख ७५ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो । निष्काशित सेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो । सर्वसाधारणबाट ९ लाख १३ हजार ७५० कित्ता सेयर खरिदका लागि आह्वान भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० श्रावण २०७९, सोमबार  १० : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।