सुनको भाउ तोलामा ४०० ले घट्दा चाँदी १५ रुपैयाँले सस्तियो

0
Shares

अन्तर्राष्ट्रिय बजारमा पहेँलो धातु सुनको भाउ घटबढ हुँदा सोही अनुसारको प्रभाव नेपालको स्थानीय बजारमा पनि परेको छ ।

आइतबार तोलामा ५०० रुपैयाँले उकालो लागेको सुनको भाउ सोमबार ४०० रुपैयाँले घटेको हो । यस्तै हिजो चाँदीको भाउ २५ रुपैयाँले बढेकोमा आज १५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले घटेर छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ४०० रुपैयाँ र तेजावी सुनको भाउ ९६ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदी १ हजार २३५ रुपैयाँ तोलामा कारोबार भैरहेको छ ।

हिजो आइतबार छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ८०० रुपैयाँ, तेजावी ९७ हजार ३०० रुपैयाँ र चाँदीको १ हजार २५० रुपैयाँ निर्धारण गरिएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि नेपालको स्थानीय बजारमा पनि सोही अनुसार भाउ बढेर कारोबार भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७९३ डलर तथा चाँदी प्रतिऔंस २०.६० डलर हाराहारीमा कारोबार भैरहेका छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३० श्रावण २०७९, सोमबार  ११ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।