हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) को गत आर्थिक वर्ष २०७८।७९ मा आम्दानी सबै स्रोतहरुमा बढोत्तरी भएपछि कम्पनीको खुद नाफा २२ प्रतिशतले बढेको छ ।
गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले करिब एक अर्ब (९७ करोड ६२ लाख १७ हजार) रुपैयाँ खुद नाफा कमाएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७९ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
गत आवमा कम्पनीको सम्झौता मार्फत हुने आय २४९.३९ प्रतिशत, अन्य आम्दानी २४१ प्रतिशत, ले बढ्दा ब्याज आम्दानी १८.७७ प्रतिशत, लाभांश आम्दानी ३१.३३ प्रतिशत बढेको छ ।
सार्वजनिक विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ब्याज आम्दानी १ अर्ब ५२ करोड ८८ लाख ४६ हजार, लाभांश आम्दानी १ करोड ४१ लख ४८ हजार, सम्झौता मार्फत हुने आय ३४ लाख ५३ हजार रुपैयाँ र अन्य आम्दानी ३ लाख ६५ हजार रुपैयाँ रहेका छ ।
चुक्ता पूँजी २० अर्ब ७१ करोड ५० लाख रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर आम्दानी पुँजी बढेपछि घटेर ४.७१ रुपैयाँकायम भएको छ । गत आवको तुलनामा १३ पैसा घटेको हो । गत आवमा कम्पनीको प्रतिसेयर नेटवर्थ १०८.०८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४२.४४ गुणा छ ।
समीक्षा अवधिमा कम्पनीको जगेडा कोष ५.०८ प्रतिशत घटेर असार मसान्तसम्ममा १ अर्ब ६७ करोड ३८ लाख ३९ हजार रुपैयाँ सञ्चित भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया