एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

दुबै फण्डले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको इकाईधनीहरुलाई क्रमशः २१.०५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ । योजनाको लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात मिति २०७९ श्रावण ३१ गते बुक क्लोज गरिदैछ ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र लाभांशको लागि हकदार हुनेछन् ।

एनएमबि क्याटिलद्वारा प्रबदित म्यूचूअल फण्ड स्किमहरुको लाभांश इतिहास निम्नानुसार रहेको छ ।

साथै एनएमबि क्यापिटल लिमिटेडको पाँचौं म्युचुअल फण्ड योजना “एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२” २०७९ श्रावण २६ गते देखि निष्काशन भईरहेको छ । सो योजनाको निष्काशन छिट्टोमा श्रावण ३१ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा भाद्र ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

यस्ताे छ प्रतिफल वितरणकाे इतिहास:-

  एनएमबि  हाइब्रीड फण्ड एल – १ 

एनएमबि ५०

  आ. व.

प्रतिशत (%)

  आ.व.

प्रतिशत (%)

२०७५/७६

१०%

२०७६/७७

५%

२०७६/७७

८%

२०७७/७८

३०%

२०७७/७८

२०%

२०७८/७९

२१.०५%

२०७८/७९

२१.०५%

 

 

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० साउन २०७९, सोमबार  १२ : ५१ बजे