वैदेशिक प्रवर्द्धन बोर्डको कार्यकारी निर्देशक बन्न उप्रेती, ढकाल र बस्नेतबीच प्रतिस्पर्धा

0
Shares

वैदेशिक प्रवर्द्धन बोर्डको कार्यकारी निर्देशकमा तीन जनाबीच तीव्र प्रतिस्पर्धा चलेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७९ जेठ २० गते बोर्डको कार्यकारी निर्देशकको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो । जसमध्ये गते साउन १५ गते सो पदका लागि मन्त्रालयले संक्षिप्त सूची प्रकाशन गर्दै पाँच जना उम्मेदवारको नाम सिफारिस गरेको थियो ।

संक्षिप्त सूचीमा तोयराज अधिकारी, डा. द्वारिका उप्रेती, दुर्गादत्त ढकाल, निर्मल कुमार उप्रेती, युवराज बस्नेतको नाम सिफारिस भएको थियो । सबै उम्मेदवारहरुको साउन २० गते नै योजना प्रस्तुतीकरण र अन्तरवार्ता समेत भईसकेको छ ।

यसबीच, पाँच जनाबाट पनि ३ जनाको नाम मन्त्रिपरिषद्मा पठाउने अन्तिम तयारी भएको मन्त्रालय सूत्रको दाबी छ । दुर्गादत्त ढकाल, डा. द्वारिका उप्रेती र युवराज बस्नेतको नाम भोली सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकमा पेश हुँदैछ भने उनीहरुमध्ये १ जना कार्यकारी निर्देशक बन्ने पक्कापक्की भएको छ ।

पछिल्लो समय राजनीतिक नियुक्ति गर्दा सक्षम, योग्य र अनुभवीलाई भन्दा नेताका आफन्त, पार्टीका कार्यकर्ता र आर्थिक लेनदेनबाट हुने गर्दछ । सोही कारण कयौं सार्वजनिक संस्थानहरु आफ्नो उदेश्य पूर्तिमा असफल भएका छन् । यसबीच, स्वच्छ प्रतिस्पर्धाबाट भन्दा आफन्त, पार्टीका कार्यकर्ता र आर्थिक लेनदेनबाट बोर्डको कार्यकारी निर्देशकको नियुक्ती हुने सम्भावना बढेको मन्त्रालय सूत्रको दाबी छ ।

योजना प्रस्तुतीकरण र अन्तरवार्ताबाट ढकाल, उप्रेती र बस्नेतलाई चयन गरिएपनि ढकाल र उप्रेतीमध्ये एकले बाजी मार्ने सम्भावना उच्च रहेको मन्त्रालय स्रोतले जनाएको छ ।  छनोट प्रक्रियाबाट पहिलो नम्वरमा पर्न सफल भएका ढकाल नेपाल सरकारका पूर्व सहसचिव हुन् । लामो समय नेपालको प्रशासनिक क्षेत्रमा रहेर कार्य सम्पादन गरेका ढकालले विगतमा कुशल र इमान्दार प्रशासकका छवी बनाएका छन् ।

आफ्नो प्रशासनिक यात्राको क्रममा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मा समेत कार्यकारी निर्देशकको सफल भूमिका निर्वाह गरेका थिए । उनले इकोनोमिक लगायत तीन वटा विषयमा डिग्री गरेका छन् ।

अर्का उम्मेदवार द्वारिका उप्रेती पार्टीको कार्यकर्ता हो भन्दै विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्काले उप्रेतीलाई कार्यकारी निर्देशक बनाउन पार्टी अध्यक्ष माधव कुमार नेपाल मार्फत् लबिङ्ग गरिरहेका छन् । उप्रेती केही वर्ष अगाडि अवैध हतियार काण्डमा जेल जीवन बिताएका थिए । अघिल्लो पटक समेत कार्यकारी निर्देशकमा उम्मेदवार दिएका उप्रेती यसपटक सोही पद पाउनकै लागि समाजवादी पार्टीका नेताहरुलाई प्रभावमा पार्न लागेका छन् ।

पछिल्लो समय सरकारी तथा सार्वजनिक संस्थानहरु अयोग्य, असक्षम र अवसरवादीहरुको हातमा जाँदा संस्थानहरु धराशयी र आफ्नो उदेश्य पूर्तिमा असफल बनिरहेका छन् । त्यसैले मुलुककै अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्स भित्र्याउने वैदेशिक रोजगारमा रहेका श्रमिकहरुको हित प्रवद्र्धनमा काम गर्ने संस्थामा सक्षम र योग्य व्यक्ति भित्र्याउनु पर्नेमा नेकपा समाजवादी पार्टीका बुद्धिजीवी कार्यकर्ताहरुले जोडदार माग गरिरहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० श्रावण २०७९, सोमबार  १४ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।