एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ को इकाई भदौ ९ गतेसम्म खरिद गर्न सकिने

0
Shares

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ को इकाई खरिदका लागि भदौ ९ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

योजना व्यवस्थापक एनएमबि क्यापिटलले निष्काशन बन्द हुने छिटो मितिमा फण्डका सबै इकाई खरिदका लागि आवेदन नपरेपछि म्याद बढाइएको जनाएको छ । यद्यपी ढिलो मितिभन्दा अगावै सबै इकाई खरिद भएमा सार्वजनिक सूचनाद्धारा निष्काशन बन्द हुन सक्नेछ ।

साउन २६ गतेदेखि फण्डको प्रति इकाई मूल्य १० रुपैयाँ अंकति दरको १२ करोड इकाई निष्काशन गरेको हो । कुल इकाईमध्ये १४ प्रतिशत अर्थात १ करोड ८६ लाख इकाई कोष प्रबद्र्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १ प्रतिशत इकाई अर्थात १२ लाख योजना व्यवस्थापक एनएमबि क्यापिटलका लागि छुट्याइएको छ। लगानीकर्ताले बाँकी रहेको १० करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, मेरो सेयर वेवसाइट, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

एनएमबि क्यापिटल लिमिटेड यसभन्दा अघि एनएलबि सुलभ इन्भेष्टमेन्ट फण्ड परिपक्क भैसकेको छ । क्यापिटलले हाल एनएमबि ५० र एनएमबि हाब्रिड फण्ड एल–१ गरी दुई वटा बन्दमुखी योजना र एनएमबि सरल बचत फण्ड–इ नामक खुलामुखी योजना गरी तीन वटा सामुहि लगानी कोष योजना सञ्चालन गरिरहेको छ ।

अहिले जारी गरिएको एनएमबि सुभल इन्भेष्टमेन्ट फण्ड–२ पनि एक बन्दमुखी योजना हो । यो योजनाको अवधि इकाई बाँडफाँड भएको मितिले १० वर्षको रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ श्रावण २०७९, मंगलबार  ०९ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।