अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेड गत आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ खुद नोक्सानीमा पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ५ करोड ३४ लाख ३ हजार रुपैयाँ नोक्सानी व्यहोरेको यस कम्पनीले गत आवमा थप १ अर्ब ८२ करोड ५ लाख नोक्सानी बढेको हो ।
कम्पनीले गत आवको दश महिनाको व्याजखर्च, ह्रासकट्टि खर्च तथा अन्य सञ्चालन खर्चलाई नाफा नोक्सान हिसाबमा लेखांकन गरिएको छ । साउन र भदौको खर्चहरू सम्पत्तिमा पूँजीकरण गरीएको कम्पनीले जनाएको छ ।
विविध कारणहरूले आयोजना निर्माण सम्पन्न अवधी बढ्न गइ समग्र आयोजनाको लागत वृद्धि हुन गएकोले ह्रासकट्टि खर्च तथा व्याज खर्च अत्यधिक वृद्धि भएको तर त्यस अनुरुप विद्युत बिक्रीबाट आम्दानी बढ्न सक्ने अवस्था नरहेकोले यस आवका साथै आउँदो केही आवमा समेत कम्पनीको नाफामा असर पर्ने अवस्था देखिएको कम्पनीले जनाएको छ ।
विसं २०७८ पुस मसान्तसम्मको निर्माण अवधिको व्याज र ऋण समेतको एकमुष्ठ साँवा यकिन गरी १५ वर्षे ऋण भुक्तानी तालिका निर्धारण गरी आव २०७८।७९ मा चैत्र र असार मसान्तमा दुई किस्ता साँवा तथा व्याज भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।
विसं २०८९ असार मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । कम्पनीले कम्पनीको ऋण र स्वपुँजी अनुपातको सुधार, दोस्रो चरणको निर्माण अन्तर्गतको रोलवालिङ खोला जलविद्युत आयोजना निर्माणको वित्त व्यवस्थापन र आयोजना निर्माणसम्बन्धी बाँकी रहेका भुक्तानीको लागि हकप्रद बिक्री गनेृ निर्णय गरेको छ । २०७९ असार ३० मा बसेको सञ्चालक समितिको २५७ औं बैठकबाट १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशनको स्वीकृतिको लागि वार्षिक साधारण सभामा प्रस्ताव पेश गर्ने निर्णय भएकोले हकप्रद सेयर जारी पश्चात कम्पनीको वित्तीय सूचकहरूमा सुधार हुने अपेक्षा गरिएको छ । कम्पनीको १४ औं वार्षिक साधारण सभा २०७९ भदौ ३ गते आह्वान गरिएको छ ।
अपर तामाकोशीको गत आवमा प्रतिसेयर आम्दानी ह्वात्तै घटेको छ । अघिल्लो आवमा ५० पैसा ऋणात्मक रहेको कम्पनीको इपिएस गत आवमा १७.६९ रुपैयाँ ऋणात्मक बन्न पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ७४.२३ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको जगेडा कोष २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ ऋणात्मक बनेको छ । अघिल्लो आवमा कम्पनीको जगेडा नोक्सानी ८४ करोड ४० लाख मात्र थियो ।
गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ७ अर्ब १७ करोड ३५ लाख ८७ हजार रुपैयाँ छ ।कम्पनीले ब्याजाबाट ४९ लाख आम्दानी गरेको छ भने गत आवमा ३ अर्ब ७४ करोड ९१ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माणकार्य सम्पन्न भई २०७८ भदौ २५ देखि पूर्ण रुपमा विद्युतको व्यापारिक उत्पादन भइरहेको छ ।
कम्पनीको वित्तीय लागत बढेर ५ अर्ब ६२ करोड ८२ लाख ७७ हजार रुपैयाँ ऋणात्मक रहेको छ । वित्तीय विवरणमा कम्पनीको वित्तीय आम्दानी विविध कारणहरुले आयोजना निर्माण सम्पन्न अवधि बढ्न गई समग्र आयोजनाको लागत वृद्धि हुन गएकोले ह्रासकट्टि खर्च र ब्याज खर्च अत्याधिक वृद्धि भएको कारण कम्पनीको नाफामा असर परेको जनाएको छ ।
आयोजनाबाट २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको विद्युत विक्री वापत नेपाल विद्युत प्राधिकरणलाई ७ अर्ब १७ करोड ३५ लाख रुपैयाँको विल पेश गरिएकोमा २०७९ जेठसम्मको ५ अर्ब ९२ करोड ०९ लाख प्राप्त भएको कम्पनीले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण मार्फत नेपाल सरकारबाट तथा कम्पनीका संस्थापक सेयरधनीहरू नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानबाट प्राप्त दीर्घकालीन ऋण ४६.८८ अर्ब (निर्माण अवधीको व्याज सहित) रहेको छ । विद्युत प्राधिकरणबाट प्राप्त भएको अल्पकालीन ऋण २ अर्ब रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया