नेशनल लाइफको खुद बीमाशुल्क १८ प्रतिशत बढ्यो, जीवन बीमा कोष आधा खर्बमाथि

0
Shares

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा खुद बीमाशुल्क संकलन १७.८८ प्रतिशतले बढाउँदै गत आवको अन्त्यसम्ममा १४ अर्ब २८ करोड ३९ लाख ८४ हजार २७ रुपैयाँ पुर्‍याएको छ ।

खुद बीमा शुल्क १७.८८ प्रतिशतले वृद्धि भएपनि कम्पनीको खर्च बढ्दा खुद नाफा भने समीक्षा अवधीमा १.९२ प्रतिशत मात्र छ । कम्पनीले गत आवमा ४० करोड ८८ लाख ९३ हजार ८९५ रुपैयाँ खुद नाफा कमाएको हो ।

गत आवमा कम्पनीले पुनर्बीमा कमिसन वापत ४ करोड ६५ लाख ५१ ह्जार तथा लगानी कर्जा तथा अन्यबाट आय शीर्षकमा ३ अर्ब ६० करोड ७८ लाख ४४ हजार रुपैयाँ र ८ अर्ब १ करोड ३७ लाख रुपैयाँ बीमालेख धितोमा कर्जा प्रवाह गरी कम्पनीले ६३ करोड २२ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्सको बीमा कोषमा ५१ अर्ब १५ करोड ५३ लाख ३३ हजार १०१ रुपैयाँ सञ्चित छ । अघिल्लो आवमा ४४ अर्ब ४२ करोड ४२ लाख रहेकोमा समीक्षा अवधीमा जीवन बीमा कोषको आकार २०.५८ प्रतिशतले वृद्धि भएको हो । नेशनल लाइफ जीवन बीमा कोषको आधारमा देशको तेस्रो ठूलो जीवन बीमा कम्पनी हो । यस्तै जगेडा कोष २४ प्रतिशतले घटेर ६६ करोड ७१ लख ७४ हजारमा संकुचित भएको छ ।

चुक्ता पुँजी ५ अर्ब ११ करोड ५५ लाख ३३ हजार रुपैयाँ रहेको नेशनल लाइफको वार्षिक प्रतिसेयर आम्दानी १०.१३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२५.१९ रुपैयाँ, कम्पनीको प्रतिसेयर कूल सम्पत्तिको मूल्य १४९९.९८ रुपैयाँ छ ।

कम्पनीको खुद दाबी भुक्तानी ४६.५१ प्रतिशतले बढेर पाँच अर्ब ७९ करोड ६७ लाख ७२ हजार ५५४ रुपैयाँ पुगेको छ । कम्पनीको व्यवस्थापन खर्च १०.६६ प्रतिशतले बढेको छ । गत आवको अन्त्यसम्ममा एक अर्ब २५ करोड ४४ लाख खर्च गरेको छ । गत आवमा नेशनल लाइफले एक अर्ब ५२ करोड २२ लाख रुपैयाँ अभिकर्ता कमिशन बापत वितरण गरेको छ । जुन अघिल्लो आवको तुलनामा १४.१० प्रतिशत बढी हो ।

गत आवको अन्त्य सम्ममा कम्पनीमा हाल १५ लाख ९६ हजार ८३० बीमा पोलिसी संख्या रहेको छ । कम्पनीले गत आवमा पाँच अर्ब ९९ करोड ४८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ९६ करोड १७ लाख २६ हजार ७९३ रुपैयाँ दाबी भुक्तानी बक्यौता छ ।
गत आवमा कम्पनीले आफ्ना कर्मचारीहरुको लागि पाँच करोड ३२ हजार ९६ रुपैयाँ बोनस वितरण गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३१ साउन २०७९, मंगलबार  १२ : ४८ बजे