लक्ष्मी इक्वीटी फण्ड र उन्नति कोष प्रतिफल वितरणका लागि बुकक्लोज तय

0
Shares

लक्ष्मी क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालित लक्ष्मी इक्वीटी फण्ड र लक्ष्मी उन्नति कोषले प्रतिफल वितरणका लागि बुकक्लोज तय गरेका छन् ।

दुबै फण्डले भदौ ७ गते मंगलबार बुकक्लोज तोकेका हुन् । यसअनुसार भदौ ६ गते सोमबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका लगानीकर्ताले मात्रै प्रस्तावित उक्त प्रतिफल पाउनेछन् ।

गत आव २०७८।७९बाट दुबै फण्डले कर सहति ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ श्रावण २०७९, मंगलबार  १६ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।