आईओसीबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ?

0
Shares

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट तेस्रो पटक इन्धनको मूल्य घटेर आएको छ ।

आईओसीले पठाएको नयाँ मूल्य सूची अनुसार डिजेलको भाउ प्रतिलिटर ४ रुपैयाँ ८४ पैसा र पेट्रोल प्रतिलिटर १ रुपैयाँ ९४ पैसा घटेर आएको निगमले जनाएको छ ।

यसअघि पनि भारतीय आयल कर्पोरेसनले दुई पटक डिजेल र पेट्रोलको मूल्य घटाएर नयाँ सूची पठाएको थियो । साउन १६ गते डिजेल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा तथा साउन १ गते पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो ।

तीन पटक मूल्य घटेर आएपनि निगम घाटामा रहेको भन्दै आयल निगमले इन्धनको मूल्य घटाएको छैन । पछिल्लो पटक मूल्य घटेसँगै नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ नाफा भएको छ भने डिजेलमा भने ५ रुपैयाँ घाटामा छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लाग्ने क्रम जारी नै छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९३ डलर हाराहारीमा छ । भारतीय बजारमा पछिल्लो एक महिनामा पेट्रोलको मूल्य ५५.३० प्रतिशत र एलपीजी ग्याँसको मूल्य ३२ प्रतिशतले कमी आएको छ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ साउन २०७९, मंगलबार  १६ : २९ बजे