नागरिक लगानी कोषको खुद नाफा १४ प्रतिशत बढ्यो

0
Shares

नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०७८।७९ मा८८ करोड ७८ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  अघिल्लो आवको सोही अवधिमा ७७ करोड ६८ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको कोषको नाफा १४.२९ प्रतिशतले बढाएको हो ।

गत आवको चौथो त्रैमासको अन्त्यसम्ममा कम्पनीले २२ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा १६ करोड ३३ लाख रुपैयाँ थियो ।

ब्याज आम्दानीका साथै सेवा शुल्क तथा कमिसन आम्दानी बढेपछि कोषको खुद नाफा बढेको हो । गत आवमा कोषको सेवा शुल्क तथा कमिसन आम्दानी १ अर्ब १४ करोड ३५ लाख रुपैयाँबाट बढेर १ अर्ब २६ करोड २ लाख रुपैयाँ पुगेको छ ।

कोषको मुद्दती निक्षेपमा १ खर्ब ३ अर्ब ९० करोड ६९ लाख रुपैयाँ लगानी छ भने संगठित संस्थाको सेयरमा २६ अर्ब ३७ करोड ९६ लाख रुपैयाँ लगानी गरेको छ ।

सेयर पुँजीमा ३ अर्ब २७ करोड रुपैयाँ रहेको कोषको प्रतिसेयर आम्दानी २७.१५ रुपैयाँ पुगेको छ । गत आवमा २३.७६ रुपैयाँ इपिएस थियो । कोषको प्रतिसेयर नेटवर्थ बढेर २३८.६५ रुपैयाँ पुगेको छ । हाल नागरिक लगानी कोषको जगेडा कोषमा २९ अर्ब ८७ करोड रुपैयाँ सञ्चित छ । अघिल्लो आवमा जगेडा कोषमा २४ अर्ब ७३ करोड रुपैयाँमा थियो । यस्तै सेयर प्रिमियम शीर्षकमा १ अर्ब २६ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

कोषले ३० प्रतिशत बोनस सेयर लाभांश पारित गर्न भदौ ६ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । बोनस सेयर वितरणपछि ४ अर्ब २५ करोड रुपैयाँ पुँजी पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ श्रावण २०७९, मंगलबार  १७ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।