नेप्सेमा एकैदिन तीन हाइड्रोपावरको आईपीओ सहित साढे ३ करोड कित्ता सेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार तीन जलविद्युत कम्पनीहरु श्वेत गंगा हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिकल कम्पनी र मन्दाकिनी हाइड्रोपावरको सेयर सूचीकृत भएको छ ।

तीन कम्पनीकाे कुल ३ करोड ५३ लाख १० लाख ३६९ कित्ता सेयर सूचीकृत भएको हाे ।

तीनवटै कम्पनीले जारी गरेका प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सहित संस्थापक सेयर धितोपत्रको दोस्रो बजारमा पहिलो पटक सूचीकृत भएको हो ।

नेप्सेले श्वेत गंगा हाइड्रोपावरको सेयरको दोस्रो बजारमा कारोबारका लागि ‘एसजीएचसी’, अपर सोलुको ‘युएसएचईसी’ र मन्दाकिनी हाइड्रोपावरको ‘एमएचएल’, कारोबार संकेत (सिम्बोल) दिएको छ ।

मंगलबार सेयर सूचीकृत भएसँगै बुधबारबाटै तीनवटै कम्पनीको आईपीओ धितोपत्रको दोस्रो बजारमा खरिद बिक्रीका लागि योग्य भएको छ । तर कारोबार खुल्न साढे दशदेखि पौने ११ बजेको नेप्सेको स्पेशल प्रि ओपनिङ्ग सेसनमा कारोबार म्याचिङ्ग सम्भव भएमात्र नियमित कारोबार सुचारु हुने भएकाले सबै कम्पनीको भालि नै कारोबार हुने निश्चितता भने देखिन्न ।

सूचीकृत सेयर संख्या र ओपनिङ्ग कारोबार रेञ्ज

नाम

सूचीकृत कुल सेयर संख्या

ओपनिङ्ग कारोबार रेञ्ज

 

श्वेत गंगा हाइड्रोपावर

१ करोड ५९ लाख ३० हजार कित्ता

न्यूनतम ८९.८८ रुपैयाँदेखि अधिकतम २६९.६४ रुपैयाँसम्म

अपर सोलु

 

१ करोड ३५ लाख

कित्ता

न्यूनतम १०८.२१ रुपैयाँदेखि अधिकतम ३२४.६३ रुपैयाँसम्म

मन्दाकिनी हाइड्रोपावर

५८ लाख ८० हजार ३६९ कित्ता

न्यूनतम १०२ रुपैयाँदेखि अधिकतम ३०६ रुपैयाँसम्म

४३ जलविद्युत कम्पनीले औषतमा साढे ११ प्रतिशतले बढाए चुक्ता पुँजी

नेप्सेले सम्बन्धीत कम्पनीको पछिल्लो परिष्कृत वित्तीय विवरणका आधारमा कायम रहेको प्रतिसेयर नेटवर्थलाई न्यूनतम कारोबार रेञ्ज र त्यसको तीन गुणासम्म अधिकतम कारोबार रेञ्ज तोक्ने गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा श्वेत गंगा हाइड्रोपावरको प्रतिसेयर नेटवर्थ ८९.८८ रुपैयाँ, मन्दाकिनी हाइड्रोपावरको प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ र अपर सोलुको वास्तविक प्रतिसेयर नेटवर्थ १०८.२१ रुपैयाँ रहेको छ । सोही नेटवर्थको आधारमा ओपनिङ्ग रेञ्ज तोकिएको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३१ श्रावण २०७९, मंगलबार  १९ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।