वन मन्त्रालयका काम कारवाहीलाई थप प्रभावकारी बनाउँछौंः मन्त्री यादव

0
Shares

वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालयले गर्दै आएका विकासका काम कारवाहीलाई थप प्रभावकारी बनाइने बताएका छन् ।

मन्त्रालयद्धारा आज आयोजना गरिएको सङ्घीयतामा वन तथा वातावरणः समस्या र समाधानका उपायहरु सम्बन्धी बैठकमा आफ्ना भनाई राख्दै मन्त्री यादवले मन्त्रालयद्वारा गरिँदै आएका विकास निर्माणका काहरुलाई थप प्रभावकारी बनाउँदै देशको अर्थतन्त्रमा योगदान पुर्‍याइने खालका काम र योजनाहरु अघि सारीने बताए ।

उनले भने, “वन तथा वातावरण मन्त्रालयको काम कारवाहीलाई थप प्रभावकारी बनाउँदै देशको अर्थतन्त्रमा योगदान पुर्‍याउने खालका योजनाहरु अघि सारीने छ, स्वदेशको काठ उत्पादनलाई बढाउने र विदेशी काठ आयातलाई प्रतिस्थापन गरिने छ ।”

आगामी तिन वर्षभित्र नेपालमा काठ आयातलाई पूर्णरुपले अन्त्य गर्ने हिसाबले काम अगाडि बढाउन मन्त्री यादवले कर्मचारीहरुलाई निर्देशन पनि दिए । त्यसकासाथै उनले नेपाल सरकारका मन्त्रालय र मातहातका निकायहरुमासमेत नेपालका वन जङ्गलको काठ प्रयोग गर्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

यसैगरी मन्त्री यादवले सात वटै प्रदेशका मन्त्रालयहरुसँग समन्वय गरेर समग्रमा वन, जङ्गल र वन्यजन्तुको संरक्षण तथा प्रवद्धन गर्न, मानव र वन्यजन्तुका विच हुने द्वन्द्वलाई सधैका लागि अन्त्य गर्न आवश्यक समाधान खोजिने जानकारी दिए ।

यादवले मन्त्रालयमा भएका विभिन्न कानूनी अड्चनहरुको निक्र्योल निकाल्न र मुख्यतः यस क्षेत्रमा लामो समयदेखि काम गरिरहेका कर्मचारीहरुसँग उनीहरुका अनुभव साझा गर्दै आगामी दिनको कार्यदिशा तय गरिने बताए । उनले कार्यक्रममा आएका कुराहरुको सुझावहरुलाई आफुले गम्भीरतापूर्वक लिई कार्यान्वयमा ल्याइने जानकारी गराए ।

कार्यक्रममा मन्त्रालयका सचिव डा. पेम नारायण कँडेल, सात वटै प्रदेशबाट सम्बन्धित मन्त्रालयका सचिव र कर्मचारी, मन्त्रालय मातहातमा रहेका विभिन्न महाशाखा र विभागका कर्मचारीहरुको सहभागिता थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३१ श्रावण २०७९, मंगलबार  १९ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।