एभरेष्ट बैंकको साढे दश प्रतिशत ब्याजदरको ऋणपत्रमा किन्ने आज अन्तिम

0
Shares

एभरेष्ट बैंकले बिक्रीमा ल्याएको वार्षिक १०।५० प्रतिशत ब्याजदर पाइने ऋणपत्रि खरिद गर्ने आज अन्तिम दिन रहेको छ ।

बैंकले साउन १८ गतेदेखि २ अर्ब मूल्यको प्रतिहजार अंकित दरका २० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको थियो । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि आवेदन दिने समय लम्बिएको थियो ।

लगानीकर्ताले ऋणपत्रमा आज कार्यालय समयभित्र मेरो सेयरको मोबाइल एप, वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वामा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । जसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ ।

कुल २० लाख इकाई ऋणपत्रमध्ये ८ लाख युनिट सर्वसाधारणका लागि (सामूहिक लगानी कोषलाई ४० हजार इकाई सहित) खुला गरिएको छ भने १२ लाख युनिट ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार मंगलबार साँझसम्म बैंकको ऋणपत्र खरिदका लागि सर्वसाधारण लगानीकर्ताबाट ६ हजार २१६ वटा आवेदनबाट ४ लाख ४ हजार ७१२ कित्ताको माग परेको छ ।

बैंकले ६ वर्ष अवधि रहेको एभरेष्ट बैंक डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गरेको हो । ऋणपत्रको बिक्री प्रबन्धकको काम लक्ष्मी क्यपिटल मार्केटले गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ भाद्र २०७९, बुधबार  ०९ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।