तीन हाइड्रोपावरको आईपीओ आजदेखि दोस्रो बजारमा कारोबार खुल्दै

0
Shares

तीन हाइड्रोपावर कम्पनीको बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एकैपटक दोस्रो बजारमा धितोपत्रको कारोबार खुल्ने भएको छ ।

मंगलबार तीन जलविद्युत कम्पनीहरु श्वेत गंगा हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिकल कम्पनी र मन्दाकिनी हाइड्रोपावरले सेयर सूचीकृत गरेसँगै तीनवटै कम्पनीको आईपीओ आजदेखि दोस्रो बजारमा कारोबार खुन लागेको हो ।

नेप्सेमा सेयर सूचीकृत भएको दोस्रो दिन बुधबारबाटै तीनवटै कम्पनीको आईपीओ धितोपत्रको दोस्रो बजारमा खरिद बिक्रीका लागि योग्य भएको छ ।

तर कारोबार खुल्न साढे दशदेखि पौने ११ बजेको नेप्सेको स्पेशल प्रि ओपनिङ्ग सेसनमा कारोबार म्याचिङ्ग हुन आवश्य छ । त्यो सम्भव भएमात्र नियमित कारोबार सुचारु हुन्छ भने सम्भव नभएको खण्डमा जुन दिनको स्पेशल प्रि ओपनिङ्ग सेसनमा खरिद बिक्रीको आदेश म्याचिङ्ग हुन्ट सोही दिनदेखि मात्र नियमित समयमा कारोबार खुल्नेछ ।

नेप्सेले श्वेत गंगा हाइड्रोपावरको सेयरको दोस्रो बजारमा कारोबारका लागि ‘एसजीएचसी’, अपर सोलुको ‘युएसएचईसी’ र मन्दाकिनी हाइड्रोपावरको ‘एमएचएल’, कारोबार संकेत (सिम्बोल) दिएको छ ।

मंगलबार तीन कम्पनीको कुल ३ करोड ५३ लाख १० लाख ३६९ कित्ता सेयर सूचीकृत भएको थियो । तीनवटै कम्पनीले जारी गरेका प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सहित संस्थापक सेयर धितोपत्रको दोस्रो बजारमा पहिलो पटक सूचीकृत गरेका हुन् ।

नेप्सेले सम्बन्धीत कम्पनीको पछिल्लो परिष्कृत वित्तीय विवरणका आधारमा कायम रहेको प्रतिसेयर नेटवर्थलाई न्यूनतम कारोबार रेञ्ज र त्यसको तीन गुणासम्म अधिकतम कारोबार रेञ्ज तोक्ने गरेको छ ।

आर्थिक वर्ष २०७७।७८ मा श्वेतगंगा हाइड्रोपावरको प्रतिसेयर नेटवर्थ ८९.८८ रुपैयाँ, मन्दाकिनी हाइड्रोपावरको प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ र अपर सोलुको वास्तविक प्रतिसेयर नेटवर्थ १०८.२१ रुपैयाँ रहेको छ । सोही नेटवर्थको आधारमा ओपनिङ्ग रेञ्ज तोकिएको हो ।

सूचीकृत सेयर संख्या र ओपनिङ्ग कारोबार रेञ्ज

नाम

सूचीकृत कुल सेयर संख्या

ओपनिङ्ग कारोबार रेञ्ज

 

श्वेत गंगा हाइड्रोपावर

१ करोड ५९ लाख ३० हजार कित्ता

न्यूनतम ८९.८८ रुपैयाँदेखि अधिकतम २६९.६४ रुपैयाँसम्म

अपर सोलु

 

१ करोड ३५ लाख

कित्ता

न्यूनतम १०८.२१ रुपैयाँदेखि अधिकतम ३२४.६३ रुपैयाँसम्म

मन्दाकिनी हाइड्रोपावर

५८ लाख ८० हजार ३६९ कित्ता

न्यूनतम १०२ रुपैयाँदेखि अधिकतम ३०६ रुपैयाँसम्म

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ भाद्र २०७९, बुधबार  ०९ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।