बुधबार ६ कम्पनीको सेयरमूल्य उच्च बढ्यो, कारोबार रकम झण्डै आधा घट्यो

0
Shares

बुधबार नेप्से सामान्य अंकले घटेपनि आजको सेयर बजारमा ६ कम्पनीको सेयरमूल्य उच्च बढेको छ ।

आजैदेखि पहिलो पटक धितोपत्र बजारमा कारोबार सुचारु भएका श्वेतगंगा हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी सहित ६ कम्पनीको मूल्य बढेको हो ।

यस्तै बुधबार केही दिनअघिदेखि कारोबार खुलेको अपर हेवाखोला, दोर्दीखोला जलविद्युत कम्पनी र सर्पोट माइक्रोफाइनान्सको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको हो । 

नेप्सेका अनुसार श्वेतगंगा हाइड्रोपावरको सेयरमूल्य दश प्रतिशत अर्थात २६.९० रुपैयाँ बढेर २९५.९० रुपैयाँ पुगेको छ । बुधबार कम्पनीको धितोपत्रको पहिलो कारोबार २६९ रुपैयाँमा खुलेको थियो । यस्तै मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशत अर्थात २३.७० रुपैयाँ बढेर २६१ रुपैयाँ पुगेको छ । बुधबार कम्पनीको धितोपत्रको पहिलो कारोबार २३७.३० रुपैयाँमा खुलेको थियो । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशत अर्थात ३२.४० रुपैयाँ बढेर ३५७ रुपैयाँ पुगेको छ । बुधबार कम्पनीको धितोपत्रको पहिलो कारोबार ३२४.६० रुपैयाँमा खुलेको थियो । तीनवटै स्टकको सेयर साउन ३१ गते नेप्सेमा सूचीकृत भएर आज स्पेशल प्रि ओपन सेसनमा कारोबार भई नियमित कारोबारमा आएको हो ।

यसैगरी अपर हेवाखोलाको सेयरमूल्य ९.९९ प्रतिशत अर्थात १८.७० रुपैयाँ बढेर प्रतिकित्ता २०५.९० रुपैयाँ पुगेको छ । सर्पोट माइक्रोफाइनान्सको सेयरमूल्य ९.९८ प्रतिशत अर्थात १३२.८० रुपैयाँ बढेर १४६३ रुपैयाँ पुगेको छ । दोर्दीखोला जलविद्युत कम्पनीको सेयरमूल्य ९.१७ प्रतिशत अर्थात ३३ रुपैयाँ बढेर ३९३ रुपैयाँ पुगेको छ ।यस्तै एक्सेल डेभलपमेन्ट बैंकको ४.१५, किसान लघुवित्त ३.७४, नबिल ब्यालेन्स्ड फण्ड ३.२६ र जनउत्थान सामुदायिक लघुवित्त ३.१७ प्रतिशतले बढेको छ ।

उता आज सामलिङ्ग पावर लिमिटेडको सर्वाधिक ५.१४ प्रतिशत अर्थात २८.८० रुपैयाँ घटेर ५३१.२० रुपैयाँमा झरेको छ । मनकामना स्मार्टको ५.०५ प्रतिशत, सिंगटी हाइड्रोपावर ३.६४, सबैको लघुवित्त ३.२५ र तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य २.२५ प्रतिशतले घटेको छ ।

बुधबार रिडी हाइड्रोपावर लिमिटेडको सर्वाधिक १८ करोड ४३ लाख ११ हजार ८९८ रुपैयाँको २ लाख ८६ हजार ८६० कित्ता सेयर ११ सय ४८ वटा संख्यामा रिद बिक्री भएका छन् । शिवम् सिमेन्टसको ६ करोड ९० लाख, नबिल बैंक ४ करोड २६ लाख, आईसिएफसी फाइनान्स ३ करोड ६५ लाख र नेपाल टेलिकमको ३ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्त,हिमालयन डिष्टिलरी, एनआईसी एशिया बैंक, दोर्दाीखोला जलविद्युत, र अपि पावर शीर्ष कारोबार हुने दश कम्पनीभित्र समेटिएका छन् । दशौं ठूलो कारोबार भएको अपिको २ करोड ४६ लाखको सेयर खरिद बिक्री भयो ।

आज नेप्से ०.३६ अंकले घटेर २०४०.७० बिन्दुमा झरेको छ । यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा झण्डै आधा बढीले घटेको छ । मंगलबार २ अर्ब ७३ करोडको सेयर कारोबार भएको बजारमा बुधबार कारोबार रकम १ अर्ब ३३ करोडले घटेको हो ।
यसदिन २२० कम्पनीका ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर २६ हजार १९९ पटक खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ मा समेटिएको छ ।

आज कारोबारमा आएका उपसमुहगत सूचक मिश्रित देखिएका छन् । कारोबारमा आएका १३ मध्ये ६ वटा घटेका छन् भने ७ वटा बढेको छ । विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, उत्पादन, लघुवित्त र म्युचुअल फण्डको सूचक सामान्य (एक प्रतिशतभन्दा कम) बढेका छन् । बैंकिङ्ग, ब्यापार, होटल, अन्य, जीवन बीमा र लगानी भने घटेका हुन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ भाद्र २०७९, बुधबार  १५ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।