
ब्रोकर नम्बर १३, थ्राईभ ब्रोकरेज हाउस प्रालि नक्साल काठमाडौंलाई धितोपत्र बोर्डले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । बोर्डले साउन २९ गते आइतबार सो जरिवाना गरेको हो ।
उक्त धितोपत्र दलाल व्यवसायी थ्राईभ ब्रोकरेज हाउसले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिम बोर्डबाट शाखा कार्यालय खोल्न बोर्डबाट स्वीकृति नलिई तनहुँ जिल्ला स्थित व्यास नगरपालिका वडा नम्बर २, दमौलीमा शाखा कार्यालय स्थापना गरपछि बोर्डले कारवार्ही गरेको हो ।
नेपाल धितोपत्र बोर्डले नियम उलङ्घन गरेपछि धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम ५० हजार रुपैयाँ मात्र जरिवाना गरेको जनाएको छ ।
धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४० को उपनियम (१) मा “धितोपत्र दलाल र धितोपत्र व्यापारीले बोर्डको स्वीकृति लिई शाखा कार्यालय खोल्न सक्नेछ” भन्ने व्यवस्था रहेको छ । बोर्डबाट स्वीकृति नलिई कारोबार सञ्चालन गरेको देखिएकोले उक्त धितोपत्र दलाल व्यवसायीलाई सो जरिवाना गरिएको बोर्डले जनाएको छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया