सोल्टी होटलको आम्दानी १३७ करोड, खुद नाफा ३० करोड माथि

0
Shares

सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ मा अनेकौं चुनौतिकाबीच आफ्नो व्यवसायमा उच्च वृद्धि गरेको छ ।

शुक्रबार सार्वजनिक गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सोल्टीको आम्दानी गत आवमा १ अर्ब ३७ करोड १५ लाख रुपैयाँ पुगेको हो ।

अघिल्लो आवको तुलनामा गत आवमा होटलको आम्दानी २०२.१६ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा होटलले ४५ करोड ३९ लाख २६ हजार रुपैयाँ मात्र आम्दानी गरेको थियो ।

होटलको खुद नाफा ३० करोड १६ लाख ३१ हजार रुपैयाँ पुगेको छ । कोभिड असर न्यून हुँदा जाँदा पर्यटन व्यवसायमा आएको बढोत्तरीका कारण सोेल्टीको आम्दानीमा उच्च वृद्धि भएको हो । पर्यटन व्यवसाय सूस्ताउँदा अघिल्लो आवमा होटलले २२ करोड ४९ लाख ३३ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा होटलले खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढी हो। आम्दानी बढेसँगै होटलको नाफा पनि बढेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा रहेको यस होटलले गत आर्थिक वर्षको सोही अवधिसम्ममा नाफा कमाएको छ।

चुक्ता पूँजी ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ रहेको सोल्टीको प्रतिसेयर आम्दानी ३.५८ रुपैयाँ कायम भएको छ । गत आवमा होटलको इपिएस २.६७ रुपैयाँ ऋणात्मक थियो ।

होटलको जगेडा कोषको आकार पनि गत आवमा ५१.१५ प्रतिशत बढेर ८९ करोड १२ लाख ९५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा होटलको जगेडा कोषमा ५८ करोड ९६ लाख ६४ हजार रुपैयाँ सञ्चित थियो । समीक्षा अवधिमा होटलको प्रति सेयर नेटवर्थ २०.५८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८.४७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५६.५७ गुणा रहेको छ ।

होटलको सेयर दश रुपैयाँ अंकित दरमा रहेकाले अन्य एक सय रुपैयाँ अंकित दरमा सेयर जारी गरेका कम्पनीको आधारमा हेर्दा होटलको इपिएस ३५.८०, र प्रति सेयर नेटवर्थ २०५.८०, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८४.७० रुपैयाँ हुन आउँछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३ भाद्र २०७९, शुक्रबार  ११ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।