युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको खुद नाफा गत आर्थिक वर्षमा १२ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ५ करोड १६ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
प्रकाशित विवरण अनुसार चुक्ता पुँजी ४२ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १.३१ रुपैयाँ बढेर १२.२९ रुपैयाँ पुगेको छ ।
जगेडा कोषमा ५ करोड २३ लाख ५९ हजार रुपैयाँ सञ्चित रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११२.४७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५९.४० गुणा छ ।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ३८.७६ प्रतिशत बढेको छ । कम्पनीले २०७९ असार मसान्तसम्म विद्युत बिक्रीबाट १८ करोड ६६ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले विद्युत बेचेर १३ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ९.३९ प्रतिशत बढेर १८ करोड ६६ लाख ३९ हजार पूगदा कुल सञ्चालन खर्च पनि १९.०६ प्रतिशत बढेर ३ करोड ३३ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया