
आईसीएफसी फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत अधिकृत (सीईओ) सुनिल पन्त पुनः दोस्रो कार्यकालका लागि दोहोरिने भएका छन् ।
फाइनान्स कम्पनीको भदौ २ गते बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले पन्तलाई पुनः सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनी सचिव लक्ष्मणप्रसाद जैसीले पन्तको कार्यकाल २०७९ असोज २४ गते सकिने भएको हुँदा पन्तलाई २०७९ असोज २५ गतेदेखि पुनः ४ वर्षका लागि नियुक्त गर्ने निर्णय भएको जानकारी दिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया