बरुण हाइड्रोपावरको हकप्रद खुल्यो, कसले पाउँछ भर्न ?

0
Shares

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आज (भदौ ६ गते) देखि शतप्रतिशत हकप्रद बिक्रीमा ल्याएको छ ।

हाइड्रोपावरले १ः१ अनुपातमा कुल २६ लाख ७९ हजार ५५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरको हकप्रद सेयरसेयर बिक्री खुला गरेको हो ।

बरुणको उक्त हकप्रद सेयरमा लगानीकर्ताले साउन १ गतेसम्म कायम सेयरधनीले भदौ ६ देखि २६ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद सेयर बिक्रीका लागि बरुणले साउन २ गते बुकक्लोज गरेको थियो । बुकक्लोज अनुसार साउन १ गतेसम्म कायम सेयरधनीले कम्पनीले बिक्रीमा ल्याउने हकप्रद किन्न पाउनेछन् ।

हकप्रदमा मेरो सेयर सफ्टवेयर, मोबाइल एपका अलवा आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि हकप्रद भर्न सकिन्छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

हाल २६ करोड ७९ लाख रुपैयाँ पुँजी भएको बरुण हाइड्रोपावरको हकप्रद बिक्रीपछि ५३ करोड ५८ लाख ११ हजार रुपैयाँ पुँजी पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ६ भाद्र २०७९, सोमबार  ०९ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।