आज अर्थात भदौ ६ गते सोमबार चार वटा सामुहिक लगानी कोष योजना ( म्युचुअल फण्ड) को प्रतिफल (नगद लाभांश) सुरक्षित गर्ने अन्तिम दिन हो ।
सम्बन्धीत फण्डहरुको प्रतिफल पाउन सोमबार कार्यालय समयभित्र इकाई खरिद गरी इकाईधनी भैसक्नुपर्छ । यसरी लाभांश सुरक्षित गर्ने फण्डहरुमा सिद्धार्थ म्युचुअल फण्डका २ र लक्ष्मी म्चुचुअल फण्डका २ गरी चार रहेको छ ।
यसअनुसार आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२, सिद्धार्थ इक्विटी फण्ड तथा लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी उन्नती कोषले प्रस्ताव गरेको प्रतिफल पाउन इकाई खरिद गरी इकाईधनी पुस्तिकामा लगत कायम भैसकेको हुनुपर्छ । चारवटै फण्डले भदौ ७ गते मंगलबार प्रतिफल वितरणका लागि बुकक्लोज तोकेका छन् । प्रतिफल पाउन बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म सम्बन्धीत कम्पनीको स्वात्मिव ग्रहण गरिसकेको हुनुपर्छ ।
गत आर्थिक वर्ष २०७८/७९ बाट सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड–२ ले कर सहित १० प्रतिशत, सिद्धार्थ इक्विटी फण्डले कर सहित ९ प्रतिशत तथा लक्ष्मी इक्विटी फण्डले कर सहित ५ प्रतिशत र लक्ष्मी उन्नती कोषले पनि समान कर सहित ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया