साताको दोस्रो कारोबार दिन सोमबारको प्रि ओपनिङ्ग सेसनमा कारोबारमा आएका ८ मध्ये ४ कम्पनीको भाउ घटेको छ ।
यस अवधिमा कृषि विकास बैंक, छ्याङ्दी हाइड्रोपावर, नेशनल हाइड्रोपावर र महुली लघुवित्तको सेयरमूल्य घटेको हो । श्वेत गंगा हाइड्रोपावर, आशा लघुवित्त र नेपाल एसबिआई बैंकको सेयरमूल्य बढेको हो । अपर सोलु हाइड्रोपावरको भाउ स्थीर रहेको छ ।
साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका ८ कम्पनी मध्ये ४ कम्पनीको भाउ घटपनि नेप्से भने सामान्य बढेको छ । नेप्सेका अनुसार प्रि ओपनिङ्ग सेसनमा आज ३ कम्पनीको सेयरमूल्य बढेको छ भने १ कम्पनीको सेयरमूल्य स्थीर छ ।
नेप्से ०.४८ अंकले बढेर सूचक २ हजार ६१ दशमलव ०३ बिन्दुमा पुगेको छ । यस अवधिमा ८ कम्पनीको ५८८ कित्ता सेयर २ लाख १३ हजार १७६ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया