धौलागिरी लघुवित्तको साधारण सेयर भदाै ८ गते बुधबार बिहान मात्र बाँडफाँड हुने भएको छ । यसअघि भदौ ७ गते मंगलबार बाँडफाँडको तयारी गरिएपनि केही काम बाँकी रहेकोले बुधबार बिहान मात्रै सेयर बाँडफाँड हुने बिक्री प्रबन्धक सनराईज क्यापिटलले जनाएको छ ।
उक्त आईपीओमा उच्च आवेदनका कारण एक सय जनामध्ये ९८ जनाले सेयर नपाउने तथ्याङ्क देखिएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिक लघुवित्तको आईपीओ ३० हजार ९२९ जनाले १० कित्ताका दरले पाउनेछन् ।
उल्लेखित सेयर पाउने मध्येबाट बाँकी रहेको ५ कित्ता सेयर पुनः ५ जनााई थप १/१ कित्ताका दरले बाँडफाँड हुनेछ । यसो हुँदा ५ जनाले ११ कित्ता हा पार्नेछन् भने ३० हजार ९२४ जनाको हातमा १० कित्ता हुनेछ ।
अन्तिम दिनसम्म आईपीओमा १९ लाख ५२ हजार ४६० आवेदकबाट २ करोड १७ लाख २१ हजार ५७० कित्ता सेयर माग भएको थियो । यो तथ्याङ्कका आधारमा १९ लाख २१ हजार ५३१ ज्नाको हात खाली हुनेछ । जुन कुल आवेदकको ९८.४२ प्रतिशत हो । सेयर आवेदनका क्रममा रद्ध भएका तथा दोहोरो आवेदनहरु समायोजन गर्दा भने उक्त संख्या तथा प्रतिशतमा केही झिनो परिवर्तन हुन सक्छ ।
लघुवित्तले साउन २४ गतेदेखि २९ गतेसम्म निष्काशन गरेको ३ लाख ९ हजार २९५ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आइतबार प्रि-अलटमेण्ट पूरा गरी धितोपत्र बोर्डको स्वीकृतिका लागि पठाइएको थियो ।
चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको लघुवित्तको साधारण सेयर निष्काशन पश्चात १० करोड नाघ्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया