हिम पर्वत हाईड्रोपावर लिमिटेडले ४२ करोड रुपैयाँ बराबरको ४२ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव रााखेर भदौ २२ गते वार्षिक साधारणसभा बोलाएकोे छ ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालय त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे शुरू हुने जानकारी दिइएको छ । सभाले आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि १४ लाख कित्ता र सर्वसाधारणको लागि २८ लाख कित्ता गरी जम्मा ४२ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।
उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले बिक्री प्रबन्धकमा सीबीआईएल क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
साधारणसभाबाट पारित गरी आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय विद्युत नियमन आयोगबाट स्वीकृति लिनुपर्ने छ । त्यसपछि धितोपत्र बोर्ड सेबोनमा दिएको निवेदन स्वीकृतिपछि मात्र आईपीओ निष्कासन गरिनेछ ।
हिम पर्वत हाईड्रोपावर लिमिटेडले दोलखा जिल्लामा २० मे।वा।को साँगु खोला जलविद्युत आयोजना र ५.५० मे.वा. साँगु खोला-१ जलविद्युत आयोजना गरी जम्मा २५.५० मे.वा.को जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया