एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि ५० योजनाको प्रतिफल (नगद लाभांश) वितरण भएको छ ।
दुबै फण्डको प्रतिफल बिहीबारदेखि इकाईधनीले उल्लेख गरेको बैंक खातामा आईपीएस मार्फत जम्मा हुने एनएमबि क्यापिटलले जनाएको छ ।
एनएमबी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुबै योजनाले आर्थिक वर्ष २०७८।७९ को लागि योजनाका इकाईधनीहरुलाई २१.५२६२ प्रतिशतका दरले नगद लाभांश वितरण गरेका हुन् ।
फण्डले हालसम्म पनि हितग्राही खातामा आफ्नो इकाई जम्मा भई नसकेका इकाईधनीहरुले एनएमबि क्यापिटल लिमिटेडमा सम्पर्क गरी आफ्नो हितग्राही खाता अत्यावधिक गराउन अनुरोध गरेको छ ।
साथै, हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीको नगद लाभांश भने खाता विवरण अद्यावधिक गराए पश्चात मात्र नगद लाभांश जम्मा हुने सूचनामा उल्लेख छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया