नेपाल सुनचाँदी ब्यवसायी महासंघले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ ।

महासंघका प्रवक्ता मनोज कुमार साहको जनकपुरधाम ६ स्थित घरमा २०७९ भदौ ६ गते सोमबार बिहान करिब ४ः३० बजे अज्ञात सशस्त्र समुह प्रवेश गरी डकैती गरेको थियो । महासंघको एक विज्ञप्ति जारी गर्दै सो घटना प्रति गम्भिर ध्यानाकषर्ण भएको जनाएको हो ।
‘आफ्नो पेशा व्यसायमा संलग्न व्यक्तिको घरमा यसरी डकैती हुनु अत्यन्त दुःखद् घटना हो। यस्ता सांघातिक घटना यस अघि पनि मुलुकका विभिन्न सुनचाँदी व्यवसायीहरु माथि बारम्बार हुँदै आएका छन् । यस्ता घटनाले आम सुनचाँदी व्यवसायीहरुको आत्मबल समेत कमजोर बनाएको छ,’ महासंघका कार्यवाहक महासचिव किरणभाई वज्राचार्यद्धारा जारी विज्ञप्तिमा भनिएको छ।
मुलुकमा शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था मिलाउनु र दोषीलाई अबिलम्ब प्रकाउ गरी सशक्त कारवाही गर्न महासंघले नेपाल सरकारसँग जोडदार माग समेत गरेको छ ।
लुटेराहरुले डकैती गरिरहेका बेला प्रतिकार गर्न जाने क्रममा लडेर प्रवक्ता साहका बुबाको कम्मरको हड्डी समेत भाँचिएकोले हाल उनकोे ललितपुर स्थित बि एण्ड बि अस्पतालमा उपचार भईरहेको छ ।
घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन र व्यवसायीहरुलाई शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन महासंघले सरकारसँग जोडदार माग गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया