खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खरीदका लागि अन्तिम दिन बिहान १० बजेसम्म १४२ गुणा बढी आवेदन परेको छ ।
लघुवित्त कम्पनीले सर्वसाधारणबाट १ करोड २३ लाख ३४ हजारको आईपीओ खरिदका लागि माग गरेकोमा १ अर्ब ७६ करोड ८४ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ७६ लाख ८४ हजार ५२० कित्ताको लागि आवेदन परेको हो । कम्पनीको आईपीओमा १५ लाख ९४ हजार ८० वटा आवेदन परेको छ ।
कम्पनीले बुधबारदेखि सर्वसाधारणमा १ लाख २३ हजार ४०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । यो आईपीओ खरीदका लागि आइतबार कार्यालय समयभित्र मेरो सेयर एप, वेवसाइट तथा सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तिनका सम्पूर्ण शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया