अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) लाई सात दिनभित्र लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश गरेको छ ।
न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले साेमबार उक्त आदेश जारी गरेको हो । “निवेदकको माग बमोजिम अवहेलनामा सजाय किन नहुनुपर्ने हो ? सोको आधार, कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाको म्यादबाहेक सात दिनभित्र आफैँ वा आफ्नो कानुन बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेस गर्नु ।”
नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर निर्माण गरेका भनिएका संरचना हटाउने महानगरपालिकाको कदमविरुद्ध दायर गरिएको रिट निवेदनको विषयमा दिएको अभिव्यक्तिलाई लिएर साहविरुद्ध अदालतको अवहेलनाको मुद्दा दायर गरिएको थियो । अधिवक्ता दीपकराज जोशीले साहविरुद्ध उक्त अवहेलनाको मुद्दा दायर गरेका थिए ।
नर्भिक अस्पताल पक्षबाट दायर भएको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले अस्पतालले निर्माण गरेका संरचना तत्काल नहटाउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया