ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को इकाई सूचीकृत

0
Shares

सामुहिक लगानी कोष योजना ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को इकाई सूचीकृत भएको छ ।

योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको उक्त फण्डको अंकित मूल्य १० रुपैयाँ रहेको कुल १० करोड २५ लाख ७६ हजार ३६० इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सूचीकृत भएको हो ।

नेप्सेले उक्त फण्डको इकाई कारोबारका लागि ‘जिआइबिएफ १’ (GIBF-1) कारोबार संकेत (सिम्बोल) दिएको छ । मंगलबार सूचीकृत उक्त फण्डको इकाई बुधबारदेखि नै सो कारोबार संकेतमा इकाई कारोबारमा आउनेछ ।

क्यापिटलले असार २२ गतेदेखि साउन ४ गतेसम्म अंकित मूल्य १० रुपैयाँ रहेको कुल १२ करोड इकाई बिक्रीमा ल्याएर साउन ११ गते फण्डको इकाई बाँडफाँड गरेको थियो । धितोपत्रको दोस्रो बजारमा नै प्राथमिक बजारमा भन्दा सस्तो पाइएपछि फण्डले जारी गरेको १ करोड ७४ लाख २३ हजार ६४० इकाई नबिकेको हो ।

सर्वसाधारणबाट फण्डको इकाई खरिद नभएपछि फण्डको आकार १ अर्ब २० करोडबाट घटेर १ अर्ब २ करोड ५७ लाखमा खुम्चिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ भाद्र २०७९, मंगलबार  १५ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।