धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.३३ अङ्कले उकालो लागेर १ हजार ९९५.३४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४९ अङ्कले उकालो लागेर ३८८.९५ बिन्दुमा पुगेको छ ।
कूल २२० कम्पनीको २९ लाख १४ हजार ५०५ कित्ता सेयर १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण २८ खर्ब ६० अर्ब ११ करोड ८ लाख रुपैयाँमा समेटिएको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज ६ उपसमूहको सूचक ओरालो लागेको छ भने ७ उपसमूहको सूचक उकालो लागेको छ । बैंकिङ ०.७६, होटल तथा पर्यटन ४.८१, जलविद्युत् १८, वित्त १०.०९, निर्जीवन बीमा ६.३७ र जीवन बीमा २.३६ अङ्कले ओरालो लागेको छ ।
यस्तै, व्यापार १.५७, विकास बैंक ६.२३, उत्पादन ११.७३, अन्य ३३.८२, लघुवित्त ४.२७, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.१९ अङ्कले उकालो लागेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको ९ करोड ५७ लाख ७२ हजार ५७५ बराबरको कारोबार भयो । यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल ६ करोड ३९ लाख १ हजार ३१० रुपैयाँ, नबिल बैंक ४ करोड ४९ लाख ९२ हजार ५५५, रिडी हाइड्रोपावर २ करोड ९९ लाख ६ हजार ६१० र हिमाल दोलखा हाइड्रोपावर २ करोड १२ लाख ६० हजार ८५१ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहेका छन् ।
नेप्सेका अनुसार मंगलबार अप्पर हेवाखोला हाइड्रापावर कम्पनीके सर्वाधिक ८.४५ प्रतिशतले बढेको छ । नबिल ब्यालेन्स फण्डको ५.३२, ग्लोबल आइएमई समुन्नतत स्किम–१ को ३.३४, इमर्जिङ नेपाल ३.३४ र लक्षमी उन्नती कोषका लगानीकर्ताले ३.३४ प्रतिशतले कमाएका छन् ।
उता वीन नेपाल लघुवित्त ४.७७, एनआइसी एशिया ग्रोथ फण्ड ४.०३, मल्टीप्रपोज फाइनान्स कम्पनी ३.४३, आरबीबी म्युचुअल फण्ड–१ ३.४३ र समता घरेलु लघुबित्तका लगानीकर्ताले ३.२५ प्रतिशतले गुमाएका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया