
मन्दाकिनी हाइड्रोपावर लिमिटेडको खुद नाफामा उछाल आएको छ । सर्वसाधारणमा भर्खरै आईैपीओ बिक्री गरेर दोस्रो बजारमा कारोबारमा आएको कम्पनीको नाफा गत आवमा ९२.१७ प्रतिशत बढेको हो ।
गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले २ करोड ९० लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।अघिल्लो आवको सोही अवधिमा कम्पनीको खुद नाफा १ करोड ५१ लाख रुपैयाँ थियो ।
गत आवमा कम्पनीले विद्युत् बिक्रीबाट ११ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा ९ करोड ६५ लाख रुपैयाँ आम्दानी भएकोमा एक वर्षको अवधिमा १७.७१ प्रतिशत बढेको हो ।
चुक्ता पुँजी ५८ करोड ८० लाख रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ७.३१ रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा ३.६८ रुपैयाँ इपिएस रहेको थियो । मन्दाकिनीको जगेडा कोषमा ३ करोड ७५ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०७.८८ रुपैयाँ छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया