नेपाल एसबिआई बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार सूचीकृत भएको छ । बैंकको ‘१०.२५ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र–२०८३’ सूचीकृत भएको हो ।
नेप्सेमा बैंकले बिक्री गरेको १ हजार रुपैयाँ अंकित दरका कुल २४ लाख १ हजार ४८२ इकाइ सूचीकृत भएको हो ।
पाँच वर्षे अवधिको उक्त ऋणपत्रका लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याज पाँच वर्षससम्म अर्धवार्षिक रुपमा पाउनेछन् ।
नेपाल एसबिआई बैंकले सो ऋणपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटल मार्फत सर्वसाधारणलाई बिक्री गरेको थियो ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया