एचआइडिसिएलको २ करोड ३२ लाख कित्ता संस्थापक पाँचौं पटक लिलामीमा

0
Shares

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले पाँचौं पटक आज भदौ २० गतेदेखि पुनः संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।

कम्पनीको २ करोड ३२ लाख ४ हजार ४९५ कित्ता संस्थापक सेयर लिलामीमा आएको हो । लिलामीमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिनसक्ने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

कम्पनीको संस्थापक सेयर लिलामीमा असोज ४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि लिलाम बढाबढमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । लिलामीमा आवेदन गर्न इच्छुक व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट लिलामी सेयरमा आवेदन दिन सकिन्छ ।

पहिलो पटकको लिलामीमा न्यूनतम एक करोड कित्ताका कारण बिक्री नभएपछि प्रबन्धपत्र तथा बिनियमावली नै संसोधन गरेर दोस्रो पटक लिलामी खुला गरेको थियो । कम्पनीले दोस्रो पटक खुला गरेको संस्थापक साधारण सेयरसरह बिक्री गर्न पाउनेगरी लिलामी खुला भएको थियो ।

धितोपत्र बोर्डले संस्थापक सेयरलाई सोही वर्गमा राख्नुपर्ने बताएपछि लिलामी आवेदन बन्द हुने अन्तिम समयमा सो चरणरको आवेदन पुरै रद्द गरेर फेरि आवेदन लिनुपर्ने अवस्था आएको थियो । तेस्रो र चौथो चरणमा कम्पनी कुल अवितरित ३ करोड ३० लाख कित्तामध्ये ३० प्रतिशत मात्र सेयर बिक्री गर्न सफल भएको छ । कम्पनीको ७० प्रतिशत संस्थापक सेयर बिक्री हुन झै सकेको छैन । सोही सेयर भदौ २० देखि पाँचौं पटक लिलामी खुला गरेको हो ।

लिलामीमा एक सय रुपैयाँमै बिक्न छाड्यो सेयर

एचआइडिसीएलको संस्थापक सेयर दोस्रो बजारमा कारोबार

एचआईडिसिएलको सबै आम्दानी स्रोतहरु बढेपछि खुद नाफा अर्ब नजिक

एचआइडीसीएललाई संस्थापक सेयर बेच्न सकसः साउन १५ देखि पुनः लिलामी खुल्ने

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० भाद्र २०७९, सोमबार  १८ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।