लय गुमाउँदै सेयर बजार, सूचक १९५१ बिन्दुमा झर्यो

0
Shares

लाभांश सिजनमै सेयर बजार घट्दो क्रममा देखिएको छ । लगानीकर्ताको घट्दो मनोबलका कारण बजार निरन्तर ओरालो लागेको हो ।
संस्थापक लगानीकर्ताको दरिलो आड नपाएको सेयर बजारमा वित्तीय प्रणालीमा देखिएको तरलता संकट, बढ्दो ब्याजदर, सेयर बजारप्रति सरकारको अनुदार नीति आदीका कारण चेपुवामा परेको हो ।

मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । सूचक २१.१६ अंकले घटेर १९५१. ८४ बिन्दुमा झरेको छ । कारोबारमा आएका १३ मध्ये १२ उपसमुहगत सूचक राताम्य हुँदा फाइनान्स र हाइड्रोपावरमा सर्वाधिक गिरावट आएको छ । नैप्सेका अनुसार फाइनान्स २.१२ र हाइड्रोपावर २.११ प्रतिशतले घटेको छ । ब्यापार, विकास बैंक, निर्जीवन बीमा, अन्य, लघुवित्त र लगानी पनि २ प्रतिशतबढीले घटेका छन् ।

मंगलबार २२७ कम्पनीको ३२ लाख ९ हजार ९८३ कित्ता सेयर २४ हजार ६२२ वटा संख्यामा किनबेच हुँदा कारोबार रकम १ अर्ब १९ करोड ७ लाख ६५ हजार ६१३ रुपेयाँमा समेटिएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २८ करोडले बढेको हो ।

सेयर बजार घटेपनि उन्नति सहकार्य लघुवित्तको सेयरमा भने सर्किट लागेको छ । लघुवित्तको सेयर ९२ रुपैयाँ बढेर १०४२ रुपैयाँ पुगेको छ । हिमालयन एभरेष्ट संस्थापक ३.५९, एनएमबि हाइब्रिड फण्ड २.५४, सामुदायिक लघुवित्त १.९९, मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य १.९६ प्रतिशत बढेको छ ।

उता नगद लाभांश मात्र वितरण गर्ने घोषणा गरेको सानिमा माई हाइड्रोपावरको सेयरमूल्य मंगलबार सर्वाधिक ७.३२ प्रतिशतले घटेर २९१ रुपैयाँमा झरेको छ ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य ६.०२, जोशी हाइड्रोपावरको ५.५३, रुरु जलविद्युतको ४.८९ र रिभर फल्स पावरको ४.५५, वीन लघुवित्त ४.५०, अपर सोलु ४.३३,मन्दाकिनी हाइड्रोपावर ४.१३, अपि पावर ४.०१ र बरुण हाइड्रोपावरका लगानीकर्ताले ३.९६ प्रतिशतका दरले गुमाएका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ भाद्र २०७९, मंगलबार  १७ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।