सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले वितरण गर्ने प्रतिफल (नगद लाभांश) को बुकक्लोज मिति निर्धारण गरेको छ ।
योजना व्यवस्थापक सनराइज क्यापिटलले प्रतिफल वितरण प्रयोजनार्थ भदौ २९ गते बुधबार एक दिनका लागि इकाईधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) मिति तोकेको हो ।
यसअनुसार अनुसार भदौ २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन् । फण्डले गत आर्थिक वर्ष २०७८।७९ बाट योजनाको इकाईधनीहरलाई कर सहित १२ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया