सामाजिक सञ्जाल इन्स्टाग्रामलाई ४० करोड करोड २० लाख डलर जरिवाना तिर्नुपर्ने भएको छ ।
आयरल्याण्डको डेटा प्राइभेसी नियामकले सामाजिक सञ्जाल इन्स्टाग्रामलाई ४० करोड करोड २० लाख डलर जरिवानाको निर्णय गरेको हो ।
बालबालिकाको विवरणहरु बचाउन नसकेको आरोपमा आयरल्याण्डले इन्स्टाग्राममाथि जरिवानाको निर्णय गरेको हो । प्राइभेसी नियामकका प्रवक्ताले यसअघि गरिएको अनुसन्धानको आधारमा इन्स्टाग्राममाथि जरिवानाको निर्णय गरिएको बताएका छन् ।
इन्स्टाग्रामले आयरल्याण्डको नियामकको निर्णय पुनरवलोकनको लागि आवेदन दिने तयारी गरेको बताएको छ । आयरल्याण्डको नियामकले गरेको अनुसन्धान सन् २०२० मा सुरु भएको थियो । अनुसन्धानमा १३ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरिएको थियो ।
अनुसन्धानको क्रममा प्रयोगकर्ताको फोन नम्बर वा इमेल एड्रेस बचाउन इन्स्टाग्राम असफल भएको पाइएको थियो । आयरल्याण्डको
नियामकको निर्णयको पूर्णपाठ भने अहिलेसम्म सार्वजनिक भएको छैन । गत वर्ष ह्वाट्सएपमाथि पनि सन् २०१८ मा ईयूको डेटा नियम पालना नगरेको आरोपमा २२ करोड ५० लाख युरो जरिवाना गरिएको थियो ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया